Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

किन बनाइयो ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन ? यस्ता छन् कारणहरु!

किन बनाइयो ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन ? यस्ता छन् कारणहरु!


  • 9.6K
    Shares

    किन बनाइयो ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन ? यस्ता छन् कारणहरु!

    काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा परिवर्तन भैसकेको छ । हाल आउने नयाँ स्मार्टफोनहरुमा त्यसरी ब्याट्री निकाल्न सकिंदैन । ब्याट्रीहरु पूर्णरुपमा भित्र नै फिक्स्ड भएका हुन्छन् ।

    स्मार्टफोनमा व्याट्री निकाल्न नसकिने बनाउनुका यी कारणहरु छन्

    स्मार्टफोनलाई पातलो बनाउनका लागि : अहिले मानिसहरुलाई पातलो फोन मन पर्न थालेको छ । त्यसैलाई मध्यनजर गर्दै सबै मोबाइल फोन कम्पनीहरुले ‘नन रिमुभेबल’ ब्याट्रीको प्रयोग सुरु गरे । यसो गर्दा स्मार्टफोनको आकार पहिलेको तुलनामा पातलो भयो र गोजीमा राख्न पनि सहज भयो ।

    स्मार्टफोनलाई वाटरप्रुफ बनाउनका लागि : आजकल बजारमा धेरैजसो पानी नछिर्ने अर्थात् वाटरप्रुफ फोन उपलब्ध छन् । मानिसहरुले यस्ता फोन धेरै रुचाएका छन् । रिमुभेबल ब्याट्री हुँदा फोनलाई वाटरप्रुफ बनाउन सकिंदैन । नन रिमुभेबल ब्याट्री हुँदा फोन सेटलाई राम्रोसँग प्याक गरेर पानी नछिर्ने बनाउन सकिन्छ ।

    प्रयोगकर्ताको सुरक्षाको लागि : सबैभन्दा ठूलो कुरा चाहिं स्मार्टफोनमा नन रिमुभेबल ब्याट्रीको प्रमुख उद्देश्य प्रयोगकर्ताको सुरक्षा नै हो । यसले पटक–पटक ब्याट्री निकाल्नुपर्ने समस्याको पनि समाधान गर्दछ । यसबाट शर्ट सर्किट भएर फोन पड्किने वा दुर्घटना हुने जोखिम पनि कम हुन्छ । साथै ब्याट्री फुल्ने समस्या पनि हुँदैन ।

    ब्याट्री लाइफ बढाउनका लागि : रिमुभेबल ब्याट्री हटाउनुका अर्को कारण चाहिं नन रिमुभेबल ब्याट्रीको प्रयोगले ब्याट्रीको कार्यक्षमता र आयु बढाउन सकिनु नै हो । नन रिमुभेबल ब्याट्री लामो समयसम्म सिंगल चार्जमा चल्दछ । ब्याट्री निकाल्नु नपर्दा त्यसको कनेक्सन पनि मजबुत हुन्छ ।
    –एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - १६:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij