Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

क्लिन फिड लागु नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

क्लिन फिड लागु नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी


  • 7.2K
    Shares

    • images
    क्लिन फिड लागु नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी
    images

    काठमाडौं । सरकारले विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार गत कात्तिक ७ देखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण लागु गरेको छ । तर केही विदेशी च्यानलहरुमा भने कानून विपरीत विज्ञापन बज्न सुरु भएको छ ।

    त्यसो त नेपाली च्यानलहरुमा समेत विदेशी विज्ञापन डबिङ गरी प्रसारण हुँदै आएका छन् । यी दुवै कार्य क्लिन फिड विपरीत भएको विज्ञापन बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

    एक सूचना प्रकाशित गर्दै बोर्डले कानून विपरीत यदाकदा प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

    सूचनामा अगाडि भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।’

     

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - ११:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij