Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

डडेल्धुरामा ट्रक दुर्घटना : चालकको मृत्यु

डडेल्धुरामा ट्रक दुर्घटना : चालकको मृत्यु


  • 5.7K
    Shares

    • images
    डडेल्धुरामा ट्रक दुर्घटना : चालकको मृत्यु
    images

    धनगढी। डडेल्धुरामा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ । धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका-११, सल्लाघारीमा बिहान ३ बजे दुर्घटना भएको थियो । 

    दुर्घटनामा कैलाली गेटाका अन्दाजी ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 

    ट्रकका सहचालक बाजुरा बडिमालिका नगरपालिका-५ का १८ वर्षीय मदन साउँद घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।   ट्रक सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - ११:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij