२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा(फाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमा नै पहिलो पटक लेटेस्ट वाई फाइ टेक्नोलोजीको वाई(फाइ ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् । (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।
कम्पनी अनुसार फाइभजी राउटरभन्दा वाईफाई सिक्समा इन्टरनेट स्पीड चारगुणा फास्ट हुनेछ । डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले वाईफाई सिक्स राउटरसँगै ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज पनि सार्वजनिक गरेको बताए ।
वाईफाई सिक्स नेपालमै पहिलो पटक डिशहोमले सार्वजनिक उनले जानकारी दिए । यसमा ४० जनाले ढुक्कसँग इन्टरनेट चलाउन सक्ने छन् । मेगावाईफाई विश्वविद्यालय, कलेज र अस्पताल जस्ता मानिसको बढी चाप हुने ठाउँमा अझ उपयुक्त हुने कम्पनीले जनाएको छ ।
वाईफाई सिक्स राउटरमा भएको एआई प्रविधिले कुन एप चल्न कति ब्याण्डविथ चाहिन्छ त्यसलाई पहिचान गरेर ब्याण्डविथ प्रदान गर्ने सापकोटाले आइसिटी समाचारसँगको कुराकानी बताए । मेगाफाई वाईफाई गेम खेल्नलाई झनै उपयुक्त हुने उनको भनाइ छ ।
डिशहोम फाइबर नेटको ३०० एमबीपीएसको इन्टरनेटको मासिक शुल्क १ हजार ७९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ५ हजार १९९, ६ महिनाको १० हजार ९९९ र १२ महिनाको १९ हजार ९९९ रूपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै ६०० एमबीपीसको मासिक शुल्क २ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ८ हजार ८८९, ६ महिनाको १६९९९ र १२ महिनाको २९९९९ रूपैयाँ शुल्क तोकिएको छ ।
यी इन्टरनेट प्याकेज खरिदमा टिभी र वाईफाई सिक्स राउटर पाइने छ । त्यस्तै इन्टरनेटको जडान शुल्क समेत लाग्नेछ तर यदी तपाईले १२ महिनाको प्याकेज खरिद गर्नुभयो भने जडान शुल्क लाग्ने छैन् । साथै टिभीको पनि जडान शुल्क लाग्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij