Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बेलायत बस्दै आएका गायक बद्री केसीको मृत्यु  

बेलायत बस्दै आएका गायक बद्री केसीको मृत्यु  


  • 5.7K
    Shares

    • images
    बेलायत बस्दै आएका गायक बद्री केसीको मृत्यु  
    images

    करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।     
         
    पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो । उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ । रासस   

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १०:१७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij