Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

टाटाको कम्प्याक्ट ट्रक "इन्ट्रा भी २०" सार्वजनिक

टाटाको कम्प्याक्ट ट्रक "इन्ट्रा भी २०" सार्वजनिक


  • 18.2K
    Shares

    टाटाको कम्प्याक्ट ट्रक "इन्ट्रा भी २०" सार्वजनिक
    images

    काठमाण्डौ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले स्मार्ट कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को बिक्री गर्न सुरु गरेको छ । 

    प्रिमियम टफ डिजाइनमा आधारित ट्रक सुरक्षित र आरामदायी हुनुका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्ने अपेक्षा लिइएको छ । टाटा इन्ट्राको सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

    आधुनिक डिजाइनसँगै क्याबिनभित्र ओहोर-दोहोर गर्ने ठाउँ रहेको इन्ट्रामा सुविधा सम्पन्न सिटहरु राखिएको छ भने आधुनिक डिजिटल क्लस्टर समेत रहेको छ । यसकासाथै ड्याससबोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो बनाउने कम्पनीले जनाएको छ ।

    भरपर्दो इन्जिन, गियर बक्स,क्राउनर च्यासिसको संयोजनले इन्ट्राले न्यून मर्मत खर्च गराउने टाटाको दाबी छ । ठूलो लोड बडी, ११०० केजीको अधिकतम भार बहनक्षमता,उत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रकलाई न्यून सञ्चालन खर्चमा अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । 

    यसमा साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्मर ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्राको सुनिश्चित गर्ने टाटाले जनाएको छ । 

    टाटा इन्ट्रा भी २० मा १.४ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ , जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजरको पनि व्यवस्था रहेको छ ।

    इन्ट्रामा अधिकतम ग्राउण्ड क्लीयरेन्स रहेकाले सबैखाले सडकमा लागि उपयुक्त हुने टाटाले जनाएको छ । टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिनसहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित रुपमा गरिएकाले टिकाऊपना बढ्ने कुरा सुनिश्चितता रहेको टाटाको दाबी छ । 

    प्रकाशित मिति :पौष २५ २०७७ शनिवार - १४:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij