Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै, भ्रमणबारे राजदूतसँग छलफल

अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै, भ्रमणबारे राजदूतसँग छलफल


  • 6.2K
    Shares

    अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै, भ्रमणबारे राजदूतसँग छलफल
    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ अलपत्र नेपालीहरूको व्यवस्थापनका लागि आगामी साता यूएई जाने भएका छन् ।

    वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग फलफल गर्ने मन्त्री श्रेष्ठले जानकारी दिए । 

    नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग आइतजार श्रम मन्त्रलालयमा छलफल समेत  गरेका छन् ।

    भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।

    अलपत्र परेका नेपालीहरूलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १६:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij