Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भारु ८० लाखमा सार्वजनिक भयो औडी क्यू-७, के-के छन् विशेषता?

भारु ८० लाखमा सार्वजनिक भयो औडी क्यू-७, के-के छन् विशेषता?


  • 4.6K
    Shares

    • images
    भारु ८० लाखमा सार्वजनिक भयो औडी क्यू-७, के-के छन् विशेषता?
    images

    औडीले बिहीबार भारतीय बजारमा नयाँ २०२२ क्यू-७ सार्वजनिक गरेको छ। कम्पनीले सुरुवाती मूल्य भारु ७९ लाख ९९ हजार रुपैयाँमा फेस लिफ्ट गरिएको नयाँ २०२२ क्यू-७ एसयुभी सार्वजनिक गरेको अटोकारले जनाएको छ। 

    अटोकारका अनुसार नयाँ क्यू-७ प्रिमियम प्लस र टेक्नोलोजी गरी दुई ट्रिममा उपलब्ध छ। यसको प्रिमियम प्लसको मूल्य भारु ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको हो भने टेक्नोलोजी ट्रिमको सुरुवाती मूल्‍य भारु ८८ लाख ३३ हजार तोकिएको छ। 

    नयाँ क्यू-७ मा बिएस-६ कम्प्लायन्‍टको ३.० लिटर भी-६ टर्बोचार्जर्ड टिएफएसआई पेट्रोल इन्जिन जिडित छ। जसले ३४० एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ। यो एसयुभीको दुवै ट्रिममा ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। 

    क्यू-७ जम्मा ६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको रफ्तारमा गुड्न सक्छ। त्यस्तै, यसको टप-स्पीड २५० किलोमिटर प्रति घण्टा छ।

    कम्पनीले नयाँ क्यू-७ को बाहिरी र भित्री डिजाइनमा पनि केही परिवर्तन गरेको छ। यसको बाहिरी भागमा रिडिजाइन्ड ग्रिल पाउन सकिन्छ भने सिंगनेचर डिआरएल छ। त्यस्तै, यसको हेडलाइट र टेललाइट एलइडी छन्। यसमा १९ इन्चको अलोय ह्विल छ। 

    यसको भित्री भाग निकै फराकिलो र आकर्षक छ। क्यू-७ मा १०.१ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन र ८.६ इन्चको सानो टचस्क्रिन छ। जसले प्लेस्टोर सपोर्ट गर्छ। यसको भित्री भागमा ३० विभिन्न रंगको एम्बियन्ट लाइटिङ, थ्रि-डी साउन्ड प्रविधि, विद्युतीय सनरुफ लगायतका विशेषताहरू पाउन सकिन्‍छ। 

    ड्राइभिङ अनुभव थप आरामदायी र सुरक्षित बनाउन यसमा ८ वटा एयरब्याग, अडेप्टिभ एयर सस्पेन्सन, औडी ड्राइभ सेलेक्ट, ३६० डिग्री-भ्यू क्यामेरासहितको पार्क असिस्ट प्लस जस्ता विशेषताहरू समावेश गरिएको छ। 

    भारतीय बजारमा क्यू-७ औडीको क्यू संस्करणअन्तर्गत पुनः सार्वजनिक भएको दोस्रो एसयुभी हो। कम्पनीले सन् २०२१ को अक्टोबरमा फेस लिफ्ट गरिएको क्यू-५ सार्वजनिक गरेको थियो। कम्पनीले झन्डै दुई वर्ष अघि क्यू-५ र क्यू-७ उत्पादन एवम् बिक्री रोकेको थियो। अब भने भारतीय बजारमा अद्यावरण गरिएर सार्वजनिक भएका यी दुवै एसयुभी उपलब्ध छन्। 

    सार्वजनिक भएको नयाँ क्यू-७ ले हाल बजारमा उपलब्‍ध बिएमडब्लु एक्स-५, मर्सिडिज-बेन्ज जिएलएस, भोल्भो एक्ससी-९० र ल्यान्ड रोभर डिस्कभरीसँग प्रतिस्पर्धा गर्नेछ। 

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १३:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij