Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चार दिनपछि फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

चार दिनपछि फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?


  • 4.3K
    Shares

    • images
    चार दिनपछि फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?
    images

    लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो । यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो ।

    माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।

    यस्तै,आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको कारोबार मूल्य स्थिर छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - ११:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij