Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाली बजारमा फेरि बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

नेपाली बजारमा फेरि बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची


  • 5.2K
    Shares

    • images
    नेपाली बजारमा फेरि बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची
    images

    नेपालमा बजाज मोटरसाइकलहरूको मूल्य व‌ृद्धि भएको छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मंगलबारदेखि लागु हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। 

    कम्पनीले सन् २०२१ देखि नै पटक-पटक मूल्य वृद्धि गरेको थियो। नेपालमा बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ। 

    नयाँ मूल्य सूचीअनुसार सबैभन्दा बढी मूल्य पल्सर एनएस १६० को बढेको छ। यसको मूल्य ५ हजार रुपैयाँले बढेर दुई लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, विभिन्न मोडलमा एक हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ।

    बजाजको पल्सर एनएस र डोमिनार बाइक विशेष युवा पुस्तामाझ लोकप्रिय देखिन्छ। 

    पल्सर बाइकहरू २ लाख ४६ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९३ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। त्यस्तै, डोमिनारको बजार मूल्य ५ लाख २० हजार ९ सय रुपैयाँदेखि ५ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ। 

    नेपाली बजारमा बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० इएस हो जसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः 

    मोडल

    क्षमता

    मूल्य

    प्लाटिना १०० इएस

    १०२ सिसी

    ,८९,९००

    डिस्कभर १२५ ड्रम

    १२५ सिसी

    ,००,९००

    डिस्कभर १२५ डिस्क

    १२५ सिसी

    ,१६,९००

    डिस्कभर १२५ एसटी

    १२५ सिसी

    ,२७,९००

    पल्सर १२५ डिस्क

    १२५ सिसी

    ,४६,९००

    पल्सर १५० एसडी

    १५० सिसी

    ,७६,९००

    पल्सर १५० टिडी

    १५० सिसी

    ,९२,९००

    पल्सर १६० एनएसटिडी एबिएस

    १६० सिसी

    ,९९,९००

    पल्सर २२० एफ एबिएस

    २२० सिसी

    ,६४,९००

    पल्सर २०० एनएस एबिएस

    २०० सिसी

    ,६९,९००

    पल्सर २०० एनएस एफएल एबिएस

    २०० सिसी

    ,९५,९००

    एभेन्जर १६० स्ट्रिट एबिएस

    १६० सिसी

    ,४५,९००

    एभेन्जर २२० क्रुस

    २२० सिसी

    ,६९,९००

    डोमिनार २५० एबिएस

    २५० सिसी

    ,२०,९००

    डोमिनार ४०० एबिएस

    ४०० सिसी

    ,९८,९००

     

    प्रकाशित मिति :माघ १८ २०७८ मंगलवार - १६:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij