२०८२ भाद्र १८ गते बुधवार
एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कारोबार समयभित्रसम्म उक्त ऋणपत्र भर्न पाउने छन्।
बैंकले माघ ३ गतेदेखि १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले बिक्री खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि खुला भएको छ ।
यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता छुट्याएको छ । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij