Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


  • 4.1K
    Shares

    • images
    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौँ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

    गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij