Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपालमा जावा मोटरसाइकल बिक्री सुरु, के-के छन् विशेषता, कति छ मूल्य ?

नेपालमा जावा मोटरसाइकल बिक्री सुरु, के-के छन् विशेषता, कति छ मूल्य ?


  • 5.2K
    Shares

    • images
    नेपालमा जावा मोटरसाइकल बिक्री सुरु, के-के छन् विशेषता, कति छ मूल्य ?
    images

    सरकारले सवारी प्रदूषण मापदण्ड युरो ६ (बीएस६) मापदण्ड लागू गर्ने तयारी गर्दा जावाले बीएस ६ का मोटर साइकल बिक्री सुरु गरेको छ। 

    क्लासिक लिजेन्ड्सको रुपमा परिचित जावा मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि मोटोइंक प्रा.लिले जावा र जावा ४२ को बीएस–६ का मोडलको वितरण सुरु भएको हो। 

    जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ। दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ। 

    जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। 

    जावाको सिंगल च्यानल एबीएस भएको मोटरसाइकलको मुल्इ ७ लाख ५ हजार रुपैयाँ रहेको छ भने डवल च्यानल एबीएस ७ लाख ३६ हजार रहेको छ। 

    त्यस्तै जावा ४२ मा सिंगल च्यानल एबीएस ६ लाख ७३ हजार र डबल च्यानल एबीएस ७ लाख ४ हजार रुपैयाँ तोकेको छ। 

    क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त जावामा भर्खरै राखिएको ल्याम्ब्डा सेन्सरले आन्तरिक र बाह्य पक्षहरुलाई अझ प्रभावकारी रूपमा निगरानी गर्ने कम्पनीले उल्लेख गरेको छ।   

    नयाँ मोडलका सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । 

    कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्याङ्कन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ । 

    दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।

    त्यसबाहेक जावा पर्कपनि बीएस ६ मा उपलब्ध रहेको छ। ३३४ सीसीको मोटरसाइकलको मूल्य ८ लाख २० हजार रुपैयाँ तोकिएको छ। 

    अग्नी ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट बीएस ६ का मोडल उपलब्ध गराएका छन्।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १३:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij