Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एनसीसी बैंकको ७ लाख ५९ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा, कहिले सम्म आवेदन दिने ?

एनसीसी बैंकको ७ लाख ५९ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा, कहिले सम्म आवेदन दिने ?


  • 4.9K
    Shares

    एनसीसी बैंकको ७ लाख ५९ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा, कहिले सम्म आवेदन  दिने ?
    images

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकको ७ लाख ५९ हजार ३ सय ७२ कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो । 

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

    इच्छुक आवेदकले आवश्यक कागजपत्र संकलन गरी बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा पुग्ने गरि निवेदन दिनुपर्ने छ । तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १२:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij