Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

घट्यो सुनको मूल्य : कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य : कतिमा हुदैछ कारोबार ?


  • 5.9K
    Shares

    • images
    घट्यो सुनको मूल्य : कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौं । आज अइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

    गत शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - ११:५४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij