२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा १२ सयले मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । जुन, यो साताको शुक्रबार १२ सयले घटेर ९२ हजार ६०० रुपैयाँमा आइपुगेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij