बैंक तथा वित्तीय संस्थाहरूमा माघ १२ गते ४८ खर्ब ५१ अर्ब रूपैयाँ निक्षेप रहेकोमा १३ गते कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । एकैदिन निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेको हो ।
निक्षेप घटेपनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भने कुनै पनि परिवर्तन भएको छैन । माघ १२ गते ४६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा १३ गतेसम्म पनि उक्त रकममा कुनै परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ ।
माघ १२ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेकोमा १३ गतेसम्ममा घटेर ९०.४८ प्रतिशत पुगेको छ ।