Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

नाफा बढे पनि बैंकहरूको प्रतिसेयर आम्दानी भने घट्यो, कुन बैंकको कति ?

नाफा बढे पनि बैंकहरूको प्रतिसेयर आम्दानी भने घट्यो, कुन बैंकको कति ?


  • 4.7K
    Shares

    नाफा बढे पनि बैंकहरूको प्रतिसेयर आम्दानी भने घट्यो, कुन बैंकको कति ?
    images

    वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा औसत वार्षिक प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ घटेको छ । बैंकहरुको नाफा निरन्तर बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यत: बैंकहरुले पछिल्ला वर्ष लाभांशका रुपमा सेयर बोनस दिएपछि सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको हो ।

    पुस मसान्तसम्म २७ बैंकले कुल ३४ अर्ब २१ करोड खुद नाफा कमाएका छन् । गत वर्षको पुस मसान्तसम्म ३१ अर्ब ७ करोड कमाएका थिए । १० प्रतिशत नाफा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी भने घटेको छ । सेयरमा लगानी गर्नेहरुका लागि प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक हो । खुद नाफा र जारी गरिएको साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो तसर्थ नाफा धेरै हुँदैमा प्रतिसेयर आम्दानी बढी नहुन सक्छ । प्रतिसेयर आम्दानीले संभावित लाभांश अनुमान गर्न लगानीकर्तालाई सघाउ पुग्छ ।

    गत वर्षको पुस मसान्तसम्म २७ बैंकको औसत प्रतिसेयर आम्दानी २० रुपैयाँ ८ पैसा रहेकोमा यो पुस मसान्तमा १८ रुपैयाँ ८३ पैसामा झरेको छ । २७ बैंकको कुल प्रतिसेयर आम्दानी ५०८ मा झरेको छ, गत वर्ष ५४२ रुपैयाँ १६ पैसा थियो ।

    सार्वजनिक गरिएको प्रतिसेयर आम्दानीमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । उसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा छ । कतिपय बैंकले गत आर्थिक वर्ष घोषणा गरेको बोनस सेयर समायोजन गरेकाले प्रतिसेयर आम्दानी कम देखिएको हो भने कतिपयको समायोजन हुन सकेको छैन । हिमालयन बैंकको सबैभन्दा कम ११ रुपैयाा ४७ पैसा छ ।

    पुस मसान्तसम्मको आम्दानीअनुसार बैंकहरूको वार्षिक प्रतिसेयर आम्दानी

    बैंक

    आधारभुतप्रतिसेयर आम्दानीरुपैयाँमा

    एनआईसीएसिया

    ४१.४३

    राष्ट्रियवाणिज्य

    ३२.१५

    सिद्धार्थ

    २५.१२

    नबिल

    २३.५९

    ग्लोबलआईएमई

    २२.३९

    प्रभु

    १९.८६

    माछापुच्छ्रे

    १९.७१

    नेपाल

    १९.६७

    कृषिविकास

    १९.१०

    सानिमा

    १८.९७

    एनएमबी

    १८.६४

    प्राइम

    १७.९९

    एभरेष्ट

    १७.८०

    इन्भेष्टमेन्ट

    १७.७४

    सिटिजन्स

    १७.४५

    मेगा

    १७.३२

    स्टान्डर्ड

    १६.९८

    एसबीआई

    १६.४९

    एनसीसी

    १६.१७

    बंगलादेश

    १६.०९

    सेन्चुरी

    १५.१२

    सनराइज

    १४.७४

    लक्ष्मी

    १४.१५

    बीओके

    १३.५४

    कुमारी

    १२.९४

    सिभिल

    ११.६६

    हिमालयन

    ११.४७

    कुल

    ५०८.२८

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij