Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वर्ल्डलिंकको नयाँ अफरः इन्टरनेट रिफर गर्ने र लिने दुवैलाई नेटटिभी सहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क

वर्ल्डलिंकको नयाँ अफरः इन्टरनेट रिफर गर्ने र लिने दुवैलाई नेटटिभी सहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क


  • 4.3K
    Shares

    वर्ल्डलिंकको नयाँ अफरः इन्टरनेट रिफर गर्ने र लिने दुवैलाई नेटटिभी सहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क

    काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।

    बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिंकका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन्।

    यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ। त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन्।

    वर्ल्डलिंकले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागुहुने कम्पनीले जनाएको छ।

    कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन्।

    यसरी तीनजनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजीसहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउने कम्पनीले बताएको छ।

    त्यस्तै पाँचजनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई–फाई बिकन १।१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    कम्पनीले यस पटकको रिफर अफर पहिलेको भन्दा अझ आकर्षक रुपमा तयार पारेको छ। यस पटकको अफरमा थप झन्झटिला र दुविधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन्।

    वर्ल्डलिंकका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिंक एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ। त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिंकको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १४:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij