Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ललितपुरको च्यासलमा लुटपाट, तीन महिलासहित चार जना पक्राउ

ललितपुरको च्यासलमा लुटपाट, तीन महिलासहित चार जना पक्राउ


  • 7.0K
    Shares

    • images
    ललितपुरको च्यासलमा लुटपाट,  तीन महिलासहित चार जना पक्राउ
    images

    ललितपुरको च्यासलमा दिउँसै लुटपाट गर्ने तीन महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ साढे ५ बजे चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा उदयपुरका २६ वर्षीय भरत मगर, ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, ३० वर्षीया सुस्मिता डिम्डो र २९ वर्षीया लबिन तामाङ रहेका छन् । उनीहरूले १३ गते  दिउँसो साढे दुई बजेतिर नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा लुटपाट गरेका  थिए ।

    उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगेका थिए । लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी सुरू गरेको थियो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १०:५२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij