Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 4.3K
    Shares

    • images
    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो।

    महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो। त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। 

    महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - ११:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij