२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । गत २४ घण्टामा ४ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij