२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज काठमाडौंमा २ हजार ४४३ ललितपुरमा ३२९ र भक्तपुरमा १४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij