२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ ।
गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij