Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

हरेक क्याम्पसलाई अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन, अनलाइनबाटै परीक्षा लिने यस्तो तयारी

हरेक क्याम्पसलाई अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन, अनलाइनबाटै परीक्षा लिने यस्तो तयारी


  • 7.8K
    Shares

    हरेक क्याम्पसलाई अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको  निर्देशन, अनलाइनबाटै परीक्षा लिने यस्तो तयारी
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

    त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालयले सबै क्याम्पसलाई सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवास्थपन समिति गठन गरी र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गरी अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

    त्यसैगरी सबै क्याम्पस तथा विभागलाई सोमबार अर्थात भोलिसम्म अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डिन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

    परीक्षाको सन्दर्भमा भने चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सोही अध्ययन संस्थाबाट निर्णय गरी सञ्चालन गर्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

    त्यस्तै विद्यार्थीको आन्तरिक मूल्यांकन पनि अनलाइन माध्यमबाट नै गर्न र सबै अध्ययन संस्थानले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि पनि तयार पार्न निर्देशन दिइएको छ । 

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १६:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij