Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’


  • 7.0K
    Shares

    ‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’
    images

    काठमाडौँ । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गर्नुभयो ।

    सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।

    सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरोमा एक हजार एक सय परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैँ आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गर्नुभयो । रासस

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १४:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij