Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालभर थपिए ४०९ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

नेपालभर थपिए ४०९ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु


  • 7.2K
    Shares

    नेपालभर थपिए ४०९ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।

    २४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

    त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

    २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १६:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij