Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 4.6K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

    हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

     

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - ११:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij