२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल भनेकै पशुपतिनाथको मन्दिर हो भनिन्छ, पशुपतिनाथ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान)मध्ये एक हो जहाँ कोसौं दूरबाट मानिसहरू पूजा आराधना गर्न आउने गर्छन् ।
पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन् ।
जमिन खन्दा शिवलिंग प्रकट
पशुपतिनाथ मन्दिरलाई भगवान् शिवको अर्को रूप पनि भनिने गरिन्छ । जहाँ सदैव भगवान् शिवको वास हुन्छ ।भक्तजनहरूको भनाइ अनुसार धेरै पटक पशुपतिनाथ मन्दिरको आसपास साना मन्दिरहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएको र त्यहाँ शिव शक्ति प्रकट हुने गरेको छ जुन भनाइ आज सम्म पनि कायमै रहेको छ ।
दैव शक्ति रहेको अनुभव
बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो । त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।
मन्दिमा गैर हिन्दुलाई प्रवेश निषेध
पशुपतिनाथ मन्दिर हिन्दुहरूको पवित्र तिर्थ स्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलाई प्रवेश निषेध गरिएको छ । मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेश गर्न गरेका छन् । जस्तोसुकै महत्वपूर्ण व्यक्तिहरू भएता पनि गैर हिन्दु भएमा उनीहरूलाई समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि केयौ विदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन् ।
११ सय देखी २५ लाख सम्मको पूजा
पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारको पूजा गराउने गरेका छन् । त्यहाँ सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मको पूजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन् ।
मन्दिरमा कामधेनूको वास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए । कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे ।
यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एक दिन त्यहाँ वरिपरिका मानिसहरूले उक्त स्थानमा खन्दा एउटा सुन्दर चमकदार शिव लिङ्ग भेटेका थिए । त्यस पश्चात् उनीहरूले सो शिवलिङ्गलाई पूजा गर्दै आएका थिए । सोही स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।
दुई किसिमको पूजा
पशुपतीनाथ मन्दिमा दुई तरिकाबाट पूजा गरिने गरिन्छ । एक वैदिक पदती र अर्को तान्त्रिक पदती दुवै पदतीको पूजा पशुपतिमा गरेता पनि त्यसको कुनै तस्बिर एवम भिडियो निकाल्न भने मिल्दैन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij