Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

'लाउरे'लाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

'लाउरे'लाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 6.5K
    Shares

    'लाउरे'लाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति
    images

    काठमाडौं। लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित ¥यापर आशिष राना 'लाउरे'लाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो।

    लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन्। पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेका बेला प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १२:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij