Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले बढ्यो, कर्जा लगानी र सीडी रेसियो कति ?

बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले बढ्यो, कर्जा लगानी र सीडी रेसियो कति ?


  • 5.1K
    Shares

    बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले बढ्यो, कर्जा लगानी र सीडी रेसियो कति ?
    images

    बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिनमा १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो। 

    यसैगरी वाणिज्य बैंकहरुको पुस २२ गते एकैदिन १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४३ खर्ब रुपैयाँ पुगेको छ। 

    बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँमात्र बढेको छ। गत पुस २१ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँमात्रै रहेको छ। 

    वाणिज्य बैंकहरु पुस २२ गते कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर कुल कर्जा लगानी ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो।

    पुस २२ गते बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८९.३९ प्रतिशतमा झरेको छ। गत पुस २१ गतेसम्म औसत सीडी रेसियो ८९.६४ प्रतिशत थियो।

    पुस २२ मा अन्तरबैंक ब्याजदर पनि घटेर ३.८९ प्रतिशतमा झरेको छ। पुस २१ सम्म अन्तरबैंक ब्याजदर ४.८५ प्रतिशत रहेको थियो। 

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १४:१०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij