Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भारतमा कोरोना महामारीसँगै बर्डफ्लुको त्रास

भारतमा कोरोना महामारीसँगै बर्डफ्लुको त्रास


  • 9.5K
    Shares

    • images
    भारतमा कोरोना महामारीसँगै बर्डफ्लुको त्रास
    images

    कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लु पनि फैलिन थालेको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् ।

    पन्छी मरेपछि हिमाञ्चलमा हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गरिएको छ । बर्डफ्लु देखिएको राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्न र बिक्रीमा प्रतिबन्ध लगाईएको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १०:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij