Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘आरआरआर’ विरुद्ध एक छात्रको उजुरी

‘आरआरआर’ विरुद्ध एक छात्रको उजुरी


  • 5.0K
    Shares

    ‘आरआरआर’ विरुद्ध एक छात्रको उजुरी
    images

    मुम्बई(अमर उजाला)। निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले कोरोना महामारीका कारण प्रदर्शन मितीलाई सारि सकेको छ । यसअघि यो फिल्म जनवरी ७ अर्थात आजबाट रिलिजको तयारीमा थियो । अहिले यो फिल्मविरुद्ध तेलंगाना उच्च अदालतमा उजुरी दर्ता गरिएको छ । उजुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ ।

    समाचारअनुसार अदालतमा एक छात्रले उजुरी दिएका हुन् । सौम्या नामका छात्रले दर्ता गराएको उजुरीमा फिल्मले ऐतिहासिक तथ्यलाई तोडमोड गरेको जनाइएको छ । उनले फिल्म रिलिज रोक्न पनि माग गर्दै सेन्सर बोर्डलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् ।

    उजुरीलाई तेलंगाना उच्च अदालतमा न्यायधिस उज्जवल बयानको बेञ्चले हेरिरहेको छ । बेञ्चले उजुरीलाई जनहित उजुरी भनेको छ । यसको सुनुवाई मुख्य न्यायधिसको बेञ्चले गर्नेछ ।

    यद्यपि फिल्म निर्माताले यो विषयमा केही बोलेका छैनन् । फिल्ममा जूनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा छन् ।

     

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १६:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij