Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘पशुपतिप्रसाद–२’ बन्दै ? भष्मे डन मुख्य भूमिका ?

‘पशुपतिप्रसाद–२’ बन्दै ? भष्मे डन मुख्य भूमिका ?


  • 6.5K
    Shares

    ‘पशुपतिप्रसाद–२’ बन्दै ? भष्मे डन मुख्य भूमिका ?
    images

    काठमाडौं । सिरिज बनाउने लहर चलिरहेका बेला चलचित्र ‘पशुपतिप्रसाद’को सिरिज वा सिक्वेल बन्छ ? प्रायः बक्स अफिसमा सफल र मिश्रित समीक्षा बटुलेका चलचित्रका समेत  सिरिज बनिसकेका छन् । जस्तै : जात्रा, लुट, कबड्डी, नाईं नभन्नू ल, चपली  हाइट, दर्पणा छया, ए मेरो हजुर आदि । 

    पशुपतिप्रसादको भने सिरिज वा सिक्वेल हालसम्म बनेको छैन । यद्यपि, अहिले पशुपतिप्रसादका निर्देशक, कलाकार तथा लेखकले यसको सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन् । निर्देशक दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने यतिबेला पशुपतिप्रसाद–२ को लेखनको अन्तिम चरणमा रहेको स्रोतको भनाइ छ । कथाको रिसर्च र लेखनमा लामो समय खर्चिएका दीपेन्द्र र खगेन्द्र अहिले कथा लेखिरहेका छन् । 

    स्रोतका अनुसार यो पटक ‘भस्मे डन’ चरित्र (विपीन कार्की) मुख्य भूमिकामा हुने सम्भावना उच्च छ । यद्यपि, पशुपतिप्रसादलाई कथामा देखाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि लेखकहरु रहेका छन् । पशुपतिप्रसादमा पशुपतिप्रसाद अथवा खगेन्द्र लामिछाने मुख्य भूमिकामा थिए । यद्यपि, निर्देशक, कलाकार, लेखक तथा निर्माण पक्षले भने यसबारे आधिकारिक जानकारी दिएको छैन । 

    पशुपतिप्रसादपछि धनपतिमा पनि सहकार्य गरेका दीपेन्द्र र खगेन्द्र त्यसयता छुट्टा–छुट्टै काम गर्दै आएका छन् । दीपेन्द्रले आमा र चिसो मान्छे निर्माण गरिसकेका छन् । खगेन्द्रले अशोक शर्मासँग जयभोलेमा सहकार्य गरे भने आफैंले पानीफोटो निर्माण तथा निर्देशन गरिसकेका छन् । पानीफोटो र चिसो मान्छे प्रदर्शन हुन बाँकी छ । 

    दीपेन्द्र र खगेन्द्रको सहकार्यमा राम्रा चलचित्र बनेकाले पुनः सिनेमामा उनीहरुको सहकार्य आवश्यक रहेको धेरैले अपेक्षा गरिरहेका बेला उनीहरु पुनः एकपटक जुट्न लागेका हुन् । 
     

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १२:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij