Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’


  • 5.5K
    Shares

    ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’
    images

    काठमाडौँ । संसारभर ओम्रिकोन भाइरसका संक्रमित बढेका समाचार आएसँगै विश्वभर फिल्म रिलिज स्थगित हुन थालेका छन् । भारतमा ठूला ब्यानरका केही फिल्मले अन्तिम समयमा आएर फिल्म रिलिज नगर्ने निर्णय गरे ।

    नेपालमा संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको देखिएको छैन तर पनि भविष्यमा बढ्न सक्ने संकेत पाएसँगै नेपाली फिल्म ‘प्रेमगीत ३’ले प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सोमबार साँझ छोटो सूचना जारी गर्दै फिल्म अनिश्चित समयका लागि सरेको जानकारी गराएका हुन् । यो फिल्म फागुन १३ मा सार्वजनिक हुने कार्यतालिका थियो । 

    दुई वर्षअघि पनि यो फिल्म कोभिड १९ कै कारण सरेको थियो । यो फिल्म उसबेला नयाँ वर्षको पूर्व सन्ध्यामा रिलिज हुँदै थियो । ‘प्रेमगीत ३’ सरेपछि यो पहिला रिलिज हुने फिल्ममा पनि खतराको घन्टी बजेको छ । दुई पटक सरेर पुस ३० मा रिलिज हुन लागेको ‘चपली हाइट ३’ र माघ १९ मा रिलिज हुन तयार ‘म यस्तो गीत गाउँछु २’ पनि अब सर्ने कि नसर्ने दोधारमा हुनेछन् । 

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १४:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij