Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कहाँ पुग्यो नेपाल टेलिकमको फाइभजी परीक्षणको तयारी ?

कहाँ पुग्यो नेपाल टेलिकमको फाइभजी परीक्षणको तयारी ?


  • 6.3K
    Shares

    कहाँ पुग्यो नेपाल टेलिकमको फाइभजी परीक्षणको तयारी ?

    काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सोमबार संसद्‌को विकास समितिमा भएको छलफल कार्यक्रममा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले यसबारे पछिल्लो अपडेट गराएकी हुन् ।

    उनका अनुसार फाइभजी परीक्षण गर्न कमिटी गठन गरिएको र फाइभजी प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ अनुसार फाइभजी आपूर्तिकर्ताहरूसँग छलफल सम्पन्न भइसकेको छ ।

    त्यसै आधारमा फाइभजी परीक्षणसम्बन्धी प्रस्ताव प्राप्त हुने क्रममा रहेको वैद्यले जानकारी दिइन् । गत २०७७ साल चैत २३ गते नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रविधि फाइभजी परीक्षणसम्बन्धी कार्ययोजना पेश गर्न टेलिकमलाई पत्राचार गरेको थियो ।

    टेलिकमले त्यसका लागि गत जेठ १३ मा उपयुक्त हुने फ्रिक्वेन्सी र फाइभजी परीक्षणसम्बन्धी कार्ययोजना सहितको प्रतिवेदन नियामकलाई बुझाएको थियो ।

    यसै आधारमा नियामकले साउन ४ गतेको निर्णय अनुसार फाइभजी लगायतका नयाँ प्रविधि परीक्षणसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो ।

    हाल फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्ड र २५००-२५६० मेगाहर्ज सम्मको ६० मेगाहर्ज ब्यान्डमा टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराइएको छ ।

    निःशुल्क रुपमा उपलब्ध गराइएको यो फ्रिक्वेन्सीमा टेलिकमले फाइभजी परीक्षण गर्दा ग्राहकलाई समेत निःशुल्क रुपमा प्रयोग गर्न दिनुपर्ने शर्त राखिएको छ ।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १३:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij