Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य


  • 5.8K
    Shares

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरुसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमकी प्रमुख प्राविधिक अधिकृत वैद्यलाई सो जिम्मेवारी तोकेको हो ।

    हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा वैद्यलाई निमित्त प्रबन्ध निर्देशक बनाइएको हो । अधिकारीको कार्यकाल यही पुस २२ देखि सकिँदैछ ।

    मन्त्रालयले नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाए पनि यसविरुद्द उच्च अदालत पाटनमा दुई छुट्टा-छुट्टै मुद्दा दायर भएको छ ।

    ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ तोकिएको उमेर हदका विषयमा विवाद चर्कदै जाँदा यो विषय अदालतसम्म पुगेको हो ।

    टेलिकमका अवकाशप्राप्त डेपुटी म्यानेजर सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले दुई फरक मुद्दा उच्च अदालत पाटनमा दायर गरेका थिए । दुवै मुद्दामा अदालतले कारण देखाऊ आदेश जारी गरेका थियो ।

    त्यतिमात्रै नभएर सरकारले जारी गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सेवा–सुविधासम्बन्धी निर्देशिका, २०७८’ कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत जारी गरेको छ ।

     

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १३:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij