Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)


  • 8.7K
    Shares

    नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

    काठमाडौँ । नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ । सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो ।

    लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो । लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।

    यस्तै पुजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ । अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ। समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो ।

    सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ । जागिरका लागि सेनाले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिइसक्नु पर्ने जनाएको छ ।

    सूचना

    sena-jagir.jpg

     

    sena-jagir-1.jpg

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १२:३३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij