Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु


  • 4.4K
    Shares

    पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप २३५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराएका ९ हजार ८४ नमूनामा सो संख्यामा संक्रमण देखिएको हो।

    ७ हजार ८८५ नमूनाको पीसीआर  र ११ सय ९९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २२४ र एन्टीजेनबाट ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

    मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ। यस्तै शुक्रबार थप २१२ जना डिस्चार्ज भएका छन्।

    २४ जनाको भेन्टिलेटरमा र ८९ जनाको आइसीयूमा उपचार भइरहेको छ। यस्तै, २२८ जना संस्थागत आइसोलेसनमा र ४ हजार ६५१ जनाको होम आइसोलेसनमा  रहेको मन्त्रालयले जनाएको छ।

    हाल नेपालमा ४८ सय ७९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा १ लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - १६:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij