Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अवैध काठसहित दुईजना पक्राउ

अवैध काठसहित दुईजना पक्राउ


  • 6.5K
    Shares

    • images
    अवैध काठसहित दुईजना पक्राउ
    images

    लमजुङ ।  लमजुङ प्रहरीले करिव ९५ क्युफिट अवैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । सुन्दरबजार र बेंसीशहरबाट छुट्टाछुट्टै परिमाणमा अवैध काठसहित दुईजनालाई नियन्त्रणमा लिएको हो । 

    लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार सुन्दरबजार–९, पैरेस्थित मुरारी भुजेलले संचालन गरेको फर्निचरमा सुराकीको आधारमा छानबिन गर्दा ४२ दशमलव ९५ क्युफिट काठ बरामद भएको हो । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमूख एवम्‌ प्रहरी निरिक्षक लोकेन्द्र बहादुर अधिकारीको कमाण्डमा खटिएको प्रहरीले फर्निचर उद्योगबाटै सो परिमाणमा सालको काठ बरामद गरी आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय सुन्दर बजारमा बुझाएको प्रहरीले जनाएको छ ।

    त्यसअघि सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिकाबाटै प्रहरीले ५१ दशमलव ४१ क्युफिट काठ बरामद गरेको थियो । गत बुधबार विहान बेसीशहर–८ बाट  ग१त ५५७४ नम्वरको ट्याक्टरमा सिसौको अवैध काठ ओसारपसार गरेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले काठसहित ट्याक्टर चालक गोरखा आरुघाटका विक्रम गुरुङ र सोधपुछका क्रममा सम्लग्न लमजुङ क्होलासोँथार–२, का सुरेश सुनारलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला डिभिजन बन कार्यालयमा बुझाएको जनाएको छ ।

     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:१९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij