Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘आरआरआर’को : रिलिजअगावै १० लाख डलरको टिकट बिक्री

‘आरआरआर’को : रिलिजअगावै १० लाख डलरको टिकट बिक्री


  • 6.1K
    Shares

    ‘आरआरआर’को : रिलिजअगावै १० लाख डलरको टिकट बिक्री
    images

    मुम्बई । दर्शकको प्रतीक्षामा रहेको चलचत्रिमध्ये एक हो, निर्देशक राजमौलीको ‘आरआरआर’ । चलचित्रमा साउथ सुपरस्टार राम चरण र जुनियर एनटीआर तथा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय छ ।

    चलचित्रले रिलिजअगावै १० लाख डलर संकलन गरिसकेको छ । आरआरआरले अमेरिकामा प्रिबुकिङमार्फत १० लाख डलर (करिब १२ करोड भारु) संकलन गरेको हो ।

    चलचित्रको लगानी भारु ४०० करोड रहेको छ ।

    चलचित्रको हल रिलिज आउँदो जनवरी ७ तारिखमा तोकिएको छ ।

    अमेरिकामा हलमा फेसमास्कबिना दर्शकलाई हल प्रवेश गर्न नदिइने र ओमिक्रोन संक्रमितको संख्या बढेमा ५० प्रतिशत अकुपेन्सीमा खुम्च्याउने पनि बताइएको छ ।

    यसैबीच, नयाँ दिल्लीमा पनि संक्रमितहरूको संख्यामा वृद्धि आउन थालेसँगै मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हल, स्पा र जिमखानाहरू बन्द गर्न निर्देशन दिइसकेका छन् । यो निर्णयले आरआरआरलगायत रिलिजको तयारीमा रहेका अरू चलचित्रहरूलाई अप्ठ्यारो पर्ने देखिन्छ ।

    तेलुग भाषाको पेरियोडिक एक्सन–ड्रामा आरआरआर तेलुगु, हिन्दी, मलयालमलगायत भाषामा रिलिज हुँदै छ ।

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १४:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij