२०८२ भाद्र ११ गते बुधवार
मेगा केवल नेटका संचालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रुपैयाँ लिइ सम्पर्क बिहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय छैसठ्ठी रुपैयाँ रकम लिइ उनी सम्पर्कमा नआएका हुन् । रकम लिइ सम्पर्कमै आउन नचाहेपछि उनी विरुद्ध मेगा केवल नेट संचालक समितिको बैठक बसी उनबाट रकम असुल गर्न आवश्यक कानूनी उपचारमा जाने माइन्यूट समेत गरिएको छ ।
सोही अनुसार पौडेल विरुद्ध मेगा केवल नेटको तर्फबाट महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी परेको छ । संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ ।
उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने, गाली गलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुष्कर्म गरेको र संस्थाका संचालकहरु बद्री प्रसाद पोखरेल, छविरमण आचार्य, खोपराज पन्त, युवराज पोखरेल, रामचन्द्र श्रेष्ठ, मनोहरी अर्याल, हिराप्रसाद गौचन र सुरेन्द्र केसीलाई अनावश्यक रुपमा धम्क्याएको आरोप लगाईएको छ ।
उजुरीमा निज श्याम प्रसाद पौडेलले गैरकानूनी रुपमा लिएको रकम फिर्ता गर्नुको सट्टा उल्टै एक प्रतिष्ठित कम्पनीको रुपमा विकसित भइरहेको संस्थालाई डुवाउने खेल खेलेकोले आवश्यक कानूनी कारवाही गर्न समेत माग गरिएको छ । संस्थाको तर्फबाट संचालक श्याम प्रसाद पौडेलले अनधिकृत रुपमा लिएको नगदी भौचरको सक्कल समेत प्रमाणको रुपमा पेश गरिएको छ ।
४ वर्ष अगाडि नागार्जुन केवल नेटवर्कका मालिक समेत रहेका पौडेलले संस्थामा रहँदा बिना छलफल नयाँ शेयर होल्डर ल्याउने, पुरानालाई निकाल्ने तथा सञ्चालकहरुलाई अनावश्यक रुपमा धाकधम्की दिने गरेको उनीसँगै काम गरेका मनहरी अर्याल बताउँछन् । पौडेल सुरुमा नागार्जुन केवल नेटवर्क प्रा.लि. का सञ्चालक हुन् । नागार्जुन केवललाई उनले मेघा केवलसँग मर्ज गरेका थिए । पौडेलमाथि नागाजुर्नमा देखाएको हर्कत मेगामा पनि देखाउन खोजेको आरोप लागेको छ । नागार्जुन केवलबाट एक्लिएपछि मेगामा पौडेलले अनावश्यक रुपमा दुःख दिने र संस्थालाई नै डुबाउने हर्कत देखाउन थालेको अर्यालको भनाइ छ ।
मेगा केवलका प्रवन्ध संचालक बद्री पोखरेलका अनुसार पौडेलले आफ्नो शेयरको भनेजति मूल्य नदिएको निहुँमा विभिन्न मिडियामा गएर कम्पनीको मानमर्यादामा आँच उठाउने काम गरेका हुन् ।
आफै रकम लिएर सम्पर्क विहीन हुने, उल्टै संस्था र संचालकहरूलाई नराम्रो बनाएर आफ्नो कर्तुत ढाकछोप गर्न पौडेलले आफू निकटका मिडियाहरुलाई प्रयोग गरेको दावी पनि प्रवन्ध संचालक पोखरेलको रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij