Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खुलामञ्चको विकल्पमा प्रसुति गृह नजिकै निशुल्क भोजनको व्यवस्था, थप व्यवस्थापनका लागि पहल गर्दै काठमाडौँ महानगर

खुलामञ्चको विकल्पमा प्रसुति गृह नजिकै निशुल्क भोजनको व्यवस्था, थप व्यवस्थापनका लागि पहल गर्दै काठमाडौँ महानगर


  • 9.1K
    Shares

    खुलामञ्चको विकल्पमा प्रसुति गृह नजिकै निशुल्क भोजनको व्यवस्था, थप व्यवस्थापनका लागि पहल गर्दै काठमाडौँ महानगर

    काठमाडौँँ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।  

    rrr.jpg

    काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा  महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरेको जानकारी दिनुभयो । ‘काठमाडोँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भन्नुभयो, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ ।’

    rrr1.jpg

    सापटकोटाले अहिले पनि खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको जानकारी दिनुभयो । ‘हामी अहिले पनि निशुल्क भोजन गराउँदै आएका संस्थाहरुसँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘केही दिन भित्रै हामी व्यवस्थापन गर्ने गरी लागेका छौँ ।’ उहाँले निशुल्क भोजनको गराउने स्थानमा सौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेको भन्दै अस्थायी रुपमा उक्त स्थानमा व्यवस्था गरेको पनि जानकारी दिनुभयो । ‘यहाँसँगै अन्य विभिन्न ठाउँमा पनि हामीले स्थान पहिचान गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘मेयरज्युले सार्वजनिक गाडी बढी मात्रामा ओहोर–दोहोर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौँ भनेपछि हामी त्यहि अनुसार अघि बढेका हौँ । उहाँले पूर्व, उत्तर, दक्षिण पायक पर्ने पाँच–छ ठाउँमा व्यवस्था गर्नुहोस भन्नुभएको छ ।  त्यसो गर्दा खुलामञ्च जस्तो दुर्घटनाको डर पनि नहुने ।  धुलो, धुवा पनि नहुने भन्ने उहाँको भनाई छ ।’ 

    rrr4.jpg

    काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।  दुई दिन अघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच  जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले दिनुभयो । 

    rrr3.jpg

    काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड वढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - ११:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij