२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij