२०८२ माघ ८ गते बिहिवार
काठमाडौं। नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकेको जानकारी दिएको छ। यो मूल्य बिहीबारको तुलनामा २०० रुपैयाँले न्यून हो। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ७९ हजार ८२० रुपैयाँ तोकिएको छ। बिहीबार यस्तो सुन ७९ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बिहीबार एक हजार २६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज कुनै परिवर्तन नभएको संघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij