Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

चन्द समूहका दुई कार्यकर्ता कालीकोटबाट पक्राउ

चन्द समूहका दुई कार्यकर्ता कालीकोटबाट पक्राउ


  • 5.4K
    Shares

    • images
    चन्द समूहका दुई कार्यकर्ता कालीकोटबाट पक्राउ
    images

    सुर्खेत । कालीकोटबाट नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा कालीकोट नरहरिनाथ गाउँपालिका-९, लालुका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ का पदमबहादुर पुन रहेका छन् ।

    बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा अर्धनिर्मित बन्दुक एक थान, प्रेसरकुकर एक थान, जेवाले एउटा, डेटोनेटर २४ थान, सकेट ९ थान, गन्धक एक केजी, सोडा आधा केजी, चार्ज ब्याट्री एक थान, ब्याट्री कनेक्सनलगायत थुप्रै विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

    चन्द समूहविरुद्धको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई आइतबार साँझ लालुबाटै पक्राउ गरेको थियो ।उनीहरूलाई आज मात्रै सार्वजनिक गरिएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १३:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij