Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ९ जनाले दिए आवेदन, कस्ले मार्ला बाजी?

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ९ जनाले दिए आवेदन, कस्ले मार्ला बाजी?


  • 5.4K
    Shares

    नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ९ जनाले दिए आवेदन, कस्ले मार्ला बाजी?

    नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागी ९ जनाले आवेदन दिएका छन् । जसमा टेलिकमकै पूर्व प्रबन्ध निर्देशक भइसकेका बुद्धि आचार्यले पनि दरखास्त बुझाएका छन् भने टेलिकमकै व्यवसायिक अधिकृत संगिता पहाडीले पनि प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी छन् ।

    त्यस्तै, खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले पनि प्रबन्ध निर्देशक पदको दौडमा छन् ।

    टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।

    हाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वोच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ ।

     

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:१८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij