Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

लोककवि भट्टका पाँच कृति एकैसाथ लोकार्पण

लोककवि भट्टका पाँच कृति एकैसाथ लोकार्पण


  • 7.4K
    Shares

    लोककवि भट्टका पाँच कृति एकैसाथ लोकार्पण
    images

    काठमाडौं । लोककवि सुरेशकुमार भट्टको पाँच लोककृतिको एकैपटक लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेलनाथ सभाकक्षमा गोरखा सर्जक समाज तथा मीठो थकाली रेस्टुरेन्ट झम्सीखेलद्वारा आयोजित कार्यक्रममा उक्त कृतिहरु लोकार्पण गरिएका हुन् । लोकार्पित कृतिहरुमा सोलीडोली, काँचुली, साइनु, मलाई मनपर्छ र तृतीय समर कोरोना कहर रहेका छन् । 
    ५ कृतिहरुमध्ये सोलीडोली महाकाव्य हो । यसमा लोक वेद, नेपाली उखान टुक्का, अनुप्रासयुक्त भाषाशैलीको प्रयोग छ । हाइकु शैलीमा सम्पूर्ण सामाजिक चरित्र समेटेर रचिएको यो महाकाव्यमा करिब ३५०० श्लोक र ११ पर्व छन् । 

    यस्तै अर्को कृतिमा ‘साइनु’ लोककाव्य रहेको छ । यो लोककाव्य माने शैलीमा लेखिएको छ । यसमा स्मारक स्वरुप नेपाली लोकगाथा, कर्खा, लोकलय लोकवार्ता र उखान टुक्कालाई सङ्ग्र्रहित गरिएको छ । अर्को कृति ‘काँचुली’ हो, यो उक्तक सङ्ग्र्रह हो । काँचुलीमा उक्तक रहेको छ । उक्तक नौलो र मौलिक साहित्यिक आयाम हो । विभिन्न उक्ति, सूक्ति, कहावत, उखान टुक्का र उद्धरण गरी लेखिएले यसलाई उक्तक नाम दिईएको छ । यसका साथै, चौथो कृतिमा ‘मलाई मन पर्छ’ बालगीत कविता सङ्ग्र्रह हो । यसमा लोक र लोकवार्तालाई नै समेटेर बालकविता रचना गरिएको छ । 
    पाँचौँ कृति ‘तृतीय समर कोरोना कहर’मा समसामयिक मानव संहारकारी युद्धका बारेमा चर्चा गरिएको छ । केरोना कहरलाई कविले तेस्रो प्राकृतिक युद्धको रुपमा वर्णन गरेका छन् । यसमा दुखान्त र वियोगान्त कविताहरू समेटिएका छन् । 

    Banner1.jpg

    विमोचन कार्यक्रमा ‘सोलीडोली’ महाकाव्यको समीक्षा गर्दै प्रध्यापक डा. हरि सिलवालले लोककवि भट्टका कृतिलाई स्मारक ‘माने’का रूपमा लिन सकिने तर्क व्यक्त गरे । उनले भने, ‘उहाँले सामाजिक चरित्रको चित्रण गर्नुभएको छ ।’ 

    यस्तै डा. तुलसी भट्टराईले ‘साइनु’मा समस्त लोकको श्लील अश्लील क्षेत्र सबै समेटेकाले साँच्चै लोकको स्मारक ‘माने’कै रूपमा लिन सकिने बताए । कृतिको समीक्षा गर्दै डा. देवी नेपाललले ‘काँचुली’ साहित्यिक फाँटमा साँच्चै नै नितान्त नौलो आयाम भएको बताए । उनले भने, ‘काँचुली साँच्चै साहित्यिक फाँटमा कवि भट्टले ल्याउनुभएको नितान्त नौलो आयाम हो । बालबालिकाका लागि यो कृति अति उपयोगी, मीठो, मनपर्ने बालसाहित्यका रूपमा आएको छ ।’ वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘तृतीय समर कोरोना कहर’ मा समेटिएका कविता पीडा र कहरको अभिव्यक्ति भएको बताए । उनले भने, ‘मैले जुन पीडा भोगेँ ज–जसले कोरोनाको पीडा भोगे, यो कविता पढ्दा त्यही स्थितिको अनुभव गर्छ ।’

    विसं. २००८ सालमा गोरखाको मसेलमा जन्मिएका लोककवि भट्टले २०१६ सालदेखि नै साहित्यिक रचना गर्दै आएका छन् । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएका लोककवि भट्टले २०६३ सालमा पहिलो कृति प्रकाशन गरेका थिए ।

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - ०७:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij