Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पिएम नेपाल नामक अनाथालयमा आश्रित बालबालिकाहरुलाई ‘चुरीफुरी’को सहयोग

पिएम नेपाल नामक अनाथालयमा आश्रित बालबालिकाहरुलाई ‘चुरीफुरी’को सहयोग


  • 5.1K
    Shares

    पिएम नेपाल नामक अनाथालयमा आश्रित बालबालिकाहरुलाई ‘चुरीफुरी’को सहयोग
    images

    काठमाडौं। यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’ले सोमबार म्हेपीस्थित पिएम नेपाल नामक अनाथालयमा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ ।

    निर्देशक ऋषिराज आचार्यसहित फिल्मको टोली त्यहाँ पुगेर बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका र एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् ।

    निर्देशक आचार्यले जिम्मेवार नागरिकको सामाजिक दायित्वअन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’ को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेकाे बताए ।

    आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रबिन्द्र झा,सुबोध गौतम, दीपक आचार्य,पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ,सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ,राजेन्द्र खाती,राजीवजंग बस्नेत,मनिल तामाङ,रश्मी भट्ट,ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १६:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij