Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट


  • 11.5K
    Shares

    पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

    तनहुँको दमौली बजार हुँदै पोखरा जाने बाटो तर्फ चाइना पुल (पृथ्वी राजमार्गको लामो पुल) कटीसकेपछि चापाघाट आउछ, अनि चापाघाटबाट माथी जानु पर्छ । सजिलै संग माथि मानहुँकोट मै सवारी साधनमा पुग्छ । दमौलीबाट करिब ८ किलोमिटरको दुरीमा पर्छ । २०–३० देखि मिनेटको सवारी(बस, कार, मोटरसाइकल, स्कुटर) यात्रा पछि सुन्दर मानहुँकोट पुग्न सकिन्छ । एकपटक पुग्नुपर्ने ठाउँ मानुङ्गकोट एक हो । मानहुँकोटबाट बिहान ५ः५० देखि ७ः०० बजेसम्म तस्बिरमा सबै भन्दा सुन्दर दृश्यहरु देख्न सकिन्छ ।
    दिउँसो मात्रै नभई रातको समयमा पनि मानहुँकोटमा रात बिताउने पर्यटक बढेको छ रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - ११:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij